https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला , भदौ २३ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ३ स्थित ट्याक्टरकाे ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने ट्याक्टरको ठक्करबाट दुई जना घाइते भएका छन् । आइतबार गौशाला -३ इटाटार सुखलैया पोखरी स्थितको सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ गईरहेको ट्याक्टरले साइकलमा सवार विद्यालय गइरहेका ३ जना बालबालिकालाई ठक्कर दिएको थियो ।

ट्याक्टरले किचेर मृत्यु हुनेमा गौशाला -३ का रामकरण महतोको १२ वर्षीय छोरी जिया कुमारी महतो रहेकी छिन् । जिया ठक्करबाट सामान्य घाइते भएकी थिइन् तर ट्याक्टरले मार्ने मनसायले ब्याक गरेर किचेको स्थानीयहरुले आरोप लगाएका छन् । त्यस्तै घाइते हुनेहरुमा सोहि स्थानकी ५ वर्षीय हंसिका महतो र १२ वर्षीय सुरज कुमार महतो रहेका छन् । दुर्घटना पश्चात उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

ज. २ त. २० नम्बर भएको स्वराज कम्पनीको ट्याक्टर चालक गौशाला – ३ का प्रेमचन्द महतो दुर्घटना लगतै फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सामान्य घाइते बालिकालाइ स्थानीयहरुले ट्याक्टरले जानीजानी किचेर मारेको आरोप लगाएपछी इटाटारको अवस्था तनावग्रस्त भएको छ ।

शवलाई पाेष्टमार्टमकाे लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी गाैशालाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार