https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, भदौ २५ गते ।
घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिने जनकपुरधाम उपमहानगरपालिकाका एकजना वडाध्यक्ष, सचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ घर भएका एकजना सेवाग्राहीसँग उनको वडा नम्बर–२४ स्थित जग्गाको घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार