गाैशाला, भदौ २६ गते ।
लामो समयको प्रतिक्षापछि महोत्तरीमै दुरबिन प्रविधीद्वारा पित्तथैलीमा भएको पत्थरी निकाल्ने शल्यकृया सुरु भएको छ ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर ९ स्थित रहेको जानकी एकेडेमी अस्पतालले सो शल्यकृया सुरु गरेको हो ।
महोत्तरीकै सुविधा सम्पन्न अस्पतालले पित्तथैलीको पत्थरी सहज तरिकाले निकाल्ने शल्यकृया सुरु गरेपछि यस क्षेत्रका जनताहरुलाई चर्को मुल्य तिरी जनकपुर, धरान, विराटनगर, काठमाडौं लगायतका स्थानमा जानु पर्ने वाध्यता हटेको छ ।
अस्पतालले सफलता पुर्वक एक विरामीको यसै प्रविधी मार्फत पित्तथैलीमा रहेको पत्थरी सफलता पुर्वक निकाल्दै अस्पतालमा सो सेवा सुरु भएको आधिकारिक घोषणा गरेको छ। सो शल्यकृया एमबिबिएस, एमएस सर्जन लेक्चरर एमआईएचएस डा. अश्विनी कुमार यादव र एमबिबिएस, एमडीजीपी डा.मनिष कुमार ठाकुरले गरेका थिए ।
दुरबिन प्रविधीबाट अप्रेशन गर्दा बिरामीलाई दुखाई र पिडा कम हुने घाउमा संक्रमण हुने पाक्ने लगायतका समस्या समेत न्यून रहने जानकी एकेडेमीक अस्पतालका चिकित्सक टोलीले जनाएका छन्। उक्त शल्यकयाको ४ देखि ६ घन्टामै बिरामी हिडडुल गर्न सक्ने र सामान्य मानिस सरह खाना खान सक्ने हुन्छन् ।
शल्यकृयाको २४ घन्टामा भने बिरामी डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ ।