https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महताे
गाैशाला, भदौ २६ गते ।
सर्लाही र महाेत्तरीकाे सिमामा पर्ने नाकाबाट व्यापक रुपमा तस्कर हुने गरेकाे छ । 

सर्लाहीमा पर्ने नारायणपुर संग्रामपुर, हरिपुर्वा, बसन्तपुर हुँदै महाेत्तरीकाे साेनमा गाउँपालिका वडा नं. ६ मा पर्ने कतरवा र गाैशाला नगरपालिकाकाे वडा नं. ७ मा पर्ने जमुनिया मनहरावा  र वडा न ६ मा पर्ने फुलकाहा जयपुर, विशहरपुर हुँदै गाैशाला बजारमा लाखाैँ लाखकाे कपडा, चिनिहरु तस्करले ल्याउने गरेका छन् ।

ती तस्करहरु कान्तिबजारमा पनि अवैध समान ल्याउने गरिन्छ जाे कि त्यहाँका व्यापारीहरु खैरमारासम्म लानु हुन्छ कान्तिबजारका स्थानीयहरु बताए ।

तर तस्करी नियन्त्रण गर्नकाे लागि नेपाल सरकारले सर्लाहीकाे नारायणपुर ,संग्रामपुर, हरिपुर्वामा प्रहरी चाैकी स्थापना गरिएकाे भने तस्करी नियन्त्रणकाे लागि तथा  महाेत्तरीकाे सिमा सुरक्षाकाे लागि खैयरवनीमा ईलाका प्रहरी कार्यालय, सशस्त्र क्यामप,  मगरथानामा प्रहरी चा‌ैकी, जमुनियमा सशस्त्र क्याम्प र गा‌ैशालामा ईलाका प्रहरी कार्यालय भए पनि तस्कर दिन देहाडै अवैध समानहरु ल्याए पनि प्रहरी मुखदर्क बनेका नारायणपुरका स्थानीयहरुले बताए । 

महाेत्तरीकाे सम्सी नाकामा कडाई भए पछि तस्करहरु सर्लाहीकाे नाकाबाट समान ल्याउने गरेकाे एक व्यापारीले बताए । प्रहरीलाई तस्करीकाे सुचना दिए पनि प्रहरी माैन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार