https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही भदौ २६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले बिभिन्न माग राखी प्रधानमन्त्री र मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालय (जिप्रका) मार्फत प्रधानमन्त्री कार्यालय र मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा एकसाथ प्रदेश भरीबाट ज्ञापनपत्र पठाएको हो ।

जसपा सर्लाहीका अध्यक्ष बिरेन्द्र रायकाे नेतृत्वमा पुगेका जसपा नेपालका नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिष कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन । हालै सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति समावेशी नभएकोले राजदूत नियुक्त गर्दा मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदाय, खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न माग जसपा नेपाल सर्लाही द्वारा प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । जसपा नेपालले राखेको जायज माग सम्बोधन प्रति प्रधानमन्त्री र मुख्यमन्त्री गम्भीर नदेखिएको खण्डमा चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने ज्ञापनपत्रमा चेतावनी समेत दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले ज्ञापनपत्रमा उठाइएको माग जायज भएकोले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई तुरुन्तै पठाउने प्रतिबद्धता व्यक्त गरे । जसपा नेपाल सर्लाही काे अगुवाइमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा जसपा नेपाल सर्लाहीका उपाध्यक्ष गणेश यादव, उपाध्यक्ष तथा चक्रघटा गा पा अध्यक्ष कृष्ण कुमार यादव, नेता मुकेश पण्डित, प्रेस मञ्च नेपालका प्रदेश महासचिव बन्दना झा र प्रेस मञ्च नेपालका सर्लाही अध्यक्ष कृष्णा सिहं , जिल्ला पदाधिकारी तथा सदस्यहरू, जसपा निकट विभिन्न भातृ सङ्गठनका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट