https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, भदौ २७ गते ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ल्याएको पन्च इभी आज वीरगन्जबाट पनि बिक्री वितरण सुरु भएको छ। वीरगन्ज स्थित मुर्लीबाट प्राइम अटो मोटर्स ट्रेडिङ्गले पन्च इभिलाई सार्वजनिक गर्दै बिक्री बितरण सुरु गरेको छ ।
टाटा पन्च इभि गाडी बिरगंजमा लन्च भए संगै उत्साहजनक बिक्री सुरुवात समेत भएको छ ।

आज बिरगंजमा सार्वजनिक र बिक्रि सुरु गरेको पहिलो दिनमै ३ ओटा गाडि बिक्री समेत भएको टाटाको गाडी बिक्री वितरण गर्दै आएकको प्राइम अटो मोटर्स ट्रेडिङ बिरगंजका अधिकारीक बिक्रेता तथा संचालकहरु सचिन गुप्ता तथा सुबोध सापकोटाले जानकारी गराएका छन । संचालक सचिन साहका अनुसार टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह छ त्यो अनुसार बिक्री तथा बुकिङ्गमा पनि देखिएको बताए ।

प्राइम अटो मोटर्स ट्रडिङ्ग बिरगंजको पन्च इभिको सार्वजनिक गर्ने कार्यक्रममा वीरगन्ज आइपुगेका सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेको उनले बताए। उनले बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको तथा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथै पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेको बताए । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको उनले जानकारी समेत गराएका छन ।

त्यस्तै नेपालको विभिन्न भू-भागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ।पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ। नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको  सफलता पछि पन्च इभी वीरगन्ज बाट बिक्री बितरण हुन थाले पछि खरिदकर्तालाई सम्पुर्ण सुबिधा वीरगन्जबाट नै उपलब्ध गराउन सकिने छ ।

आज भएको पन्च इभि सार्वजनिक कार्यक्रमको प्रमुख अतिथी बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबिन काटेर उद्घाटन गरेका थिए भने सो कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदि ट्रेडिङ्ग प्रा.लि बिरगंज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो भने मेघराज ढुंगेलले कार्यक्रम संचालन एवम् पन्च इभिको फिचरको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार