राहुल गुप्ता
बिरगंज, भदौ ३१ गते ।
पर्साकाे बिरगंजमा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगन्ज भन्सारमा कडाइ गरे संगै अहिले अवैध भारतीय तस्करीका सामान धमाधम समातिन थालिएको छ । डिएसपी रिजालले स्वयं अहोरात्र फिल्डमा खटेर ठूलो परिमाणमा तस्करीका मालसमान बरामद गर्न सफल भइरहेका छ्न । उनकै कमान्डमा प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सारमा बुझाएका छन ।
त्यस्तै सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म प्रमुख डिएसपी सुरज रिजालको नेतृत्वमा आज बिगत केही दिन देखी प्रज्ञापन पत्र एवं सुबिधा पास समेत नभएको MP 04 CK 7441 नं. को भारतिय सवारी साधन भन्सार यार्ड भित्र पार्क गरी राखेको छ भन्ने विशेष सुचनाको आधारमा बेवारीसे अवस्थामा रहेको भन्सार मुल्य रु चालीस लाख बराबरको भारतिय कार फेला पारी उक्त कार नियन्त्रणमा लिई १३:४० बिरगंज भन्सार कार्यालयमा बुझाईएका छन ।

सशस्त्र प्रहरकै कमाण्डमा खटीएको १० जनाको चेकप्वाईन्ट टोलिले चेकजाच गर्ने क्रममा भारतबाट नेपालको बिरगंज तर्फ ल्याउँदै गरेको ना. ५४ प ९६८४ नंबरको मोटरसाइकललाई चेकजाच गर्दा बिरगंज महानगरपालिका वडा नं २ बस्ने ५० वर्षको अजित पाण्डेले शरीरको कम्बरमा लुकाई छिपाई राखेको नेपालि रु ३ लाख बरामद गरिएको छ ।
त्यस्तै सोही मोटरसाइकलमा सवार रहेकी उर्मीला देबिले बोकेको झोला भित्र लुकाई छिपाई राखेको नेपालि रुपैया रु ५ लाख बरामद गरिएको सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म प्रमुख डिएसपी सुरज रिजालले जानकारी दिए । मोटरसाइकल सहित व्यक्ति र नगद नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाईएको उनले बताए ।

