काठमाडौं, असोज ३ गते ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ ।
गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णताः पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।
बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरु गठन, केन्द्रीय सचिवालय गठन, केन्दीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नेछ ।
त्यस्तै हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समिक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ संगठनहरुको परिचालन, अनुगमन, निरिक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेका छन् ।