जलेश्वर, असोज ४ गते ।
महोत्तरी जिल्लाको मटिहानीमा आज लागू औषध विरुद्ध जनचेतना मूलक रयाली गरि प्रभात फेरि गरियो । जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको सहयोगमा मटिहानी बस पार्कबाट विभिन्न किसिमको नारा सहित निस्केको रयालीले मटिहानीको विभिन्न भागको परिक्रमा गरेको थिए ।

लागू औषध विरुद्धको तीन महिने अभियान अन्तर्गत आजदेखि मटिहानी नगरपालिकाबाट जनचेतनामूलक कार्यक्रमको आयोजना गरी उक्त अभियानको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा गर्नुभयो ।

त्यसै क्रममा आर्थिक वर्ष २०८०/०८१ मा ७१ जना र आर्थिक वर्ष २०८१/०८२ मा हाल सम्म २४ जना लागू औषधका कारण पक्राउ परेको कुरा नेपाल प्रहरीका प्रहरी उपरीक्षक श्री नकुल पोखरेलले बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक श्री नकुल पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्र न्यौपाने, अनुसन्धान उप-निर्देशक श्री सुदीप अधिकारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री सन्तुलाल जैसवाल, शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक श्री सुनिल श्रेष्ठ, वड़ा अध्यक्षज्यूहरु, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिज्यूहरु, मटिहानी नगरपालिकाका कर्मचारीहरु, विभिन्न बिद्यालयका प्रधानध्यापकहरु तथा शिक्षकशिक्षिकाहरु लगायत विद्यार्थीहरुकाे सहभागिता रहेको थियो ।








