https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असाेज ५ गते ।
विश्व शान्ति स्थापना दिवसको अवसरमा अनलाइनखबरकर्मी शैलेन्द्र महतो सम्मानित भएका छन् ।

कुर्वे वुस्ट्रोको सहयोग तथा ओरेक नेपालको समन्वय तथा मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाले पत्रकार महतोलाई शनिबार साँझ जनकपुरमा सम्मान गरेको हो ।

शान्ति पुनःस्थापना तथा पीडितको न्यायको पक्षमा निरन्तर कलम चलाएको भन्दै नगद ५ हजार र प्रमाणपत्रसहित संस्थाले पत्रकार महतो सम्मान गरेको हो ।

शनिबार साँझ विश्व शान्ति स्थापना दिवसको अवसरमा आयोजित दीप प्रज्वलन तथा सम्मान कार्यक्रमा प्रमुख आतिथि जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले प्रमाणपत्र तथा नगद पत्रकार महतोलाई हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ की द्वन्दपीडित परिवार अञ्जुदेवी दत्तलाई पनि ५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

पत्रकार महतोले सम्मानसहित प्राप्त गरेको नगद राशी पनि द्वन्द्वपीडित दत्तलाई आर्थिक सहयोग स्वरुप प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार