https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, असाेज ७ गते ।
महोत्तरीको गौशालामा जितिया पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृसंस्था समाजवादी महिला संघले नेतृ रामकुमारी महतोको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सन्तान र घरपरिवारको लागि कठिन व्रतको रुपमा रहेको जितिया पर्व घरघरमा सन्तानको लागि मनाईने यसपर्वमा महिलालाई स्वास्थ्यमा ख्याल राख्नका लागि सवैमा नेतृ महतोले आग्रह गरिन् । पर्वको क्रममा व्रतालुको स्वास्थ्य ध्यानको वारेमा घरका अन्य परिवारले चासो राख्नुपर्नेमा नेतृ महतोले सवैमा आग्रह गरेकी हुन् ।

विशिष्ट अतिथीको रुपमा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीले महिला गृहणी हुनुको साथै घरकै लक्ष्मी रहेको तर्क राखेका छन् । उनले समाजमा भईरहेको महिलाहिंसाको अन्त्य गर्नुको साथै हरेक किसिमको विभेदहरु विरोध यस्ता पर्व तिहारले सहयोगीको भुमिका निर्वाह गरिने उनले धारणा राखेका छन् ।

गौशालाका मेयर डा. दिपेन्द्र महतोले चौतर्फी विकासका लागि नगरपालिका तयार रहेको बताउँदै क्रमिक रुपमा हरेकको चाहनाअनुरुप नगरभरिमा विकासको लहर ल्याउने जिकिर गरेका छन् । अब विकासको पक्षमा समेत महिलालाई अगाडि आउनुको विकल्प नरहेको मेयर महतोले बताएका छन् ।

सोहीविच जनता समाजवादी पार्टीका नगरअध्यक्ष कुमरकान्त झाले नगरवासीको चाहनाअनुरुप शिक्षा, स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले सकारात्मक भुमिका निर्वाह गर्नका लागि तयार रहेकोले सहयोगात्मक भुमिका निर्वाहका लागि आग्रह गरेका छन् ।

समाजवादी महिला संघका नगरअध्यक्ष सविता कुमारी महतोको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमकाबिच वक्ताहरुले जितिया पर्व आफ्नो गच्छेअनुसार मनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार