नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय तिर्थ यात्री बोकेको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस गएराती करिव २ बजे तिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

बसमा ५० जना यात्रु रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ७ जनाको उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको छ ।
दुर्घटनामा परेर घाइते हुनेहरूमा वृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारीलाल शर्मा र मञ्जु शर्मा छन् ।

त्यस्तै, बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा, मुरजा शर्मा, सावित्रा शर्मा, गीतादेवी शर्मा, शान्ति शर्मा, मुन्नादेवी शर्मा, रामस्वरूप शर्मा, गमस्वरूप मिना शर्मा र कैलाश शर्मा घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।

