https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, असाेज १० गते ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । मृतकका ससुरा गम्भीर घाइते भएका छन् ।

गोली प्रहार गरी २३ वर्षीया चित्रलेखा यादवको हत्या भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार चित्रलेखाका ५४ वर्षीय ससुरा रामदिनेश राय गोली लागेर घाइते भएका छन् । उनलाई बायाँ हातमा गोली लागेको छ । हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भने गोप्य राखेको छ । घटनामा संलग्नको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ । प्रारम्भिक अनुसन्धानले मोटरसाइकलमा आएका दुई व्यक्तिहरूले गोली हानेर फरार भएको देखाएको छ । डिएसपी श्रेष्ठले पहिचान भइसके पनि पक्राउ नगरिएको कारणले नाम सार्वजनिक नगरेको बताए ।

चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट फर्केका थिए र घरमा परिवारसँग विवाद भइरहने गरेको जनाइएको छ । घटना भएको राति एकजना साथीका साथ मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका हुन् । घटनामा संलग्न चित्रलेखाका श्रीमान् हुन् वा अरु कोही संलग्न छन् भन्नेबारे प्रहरीले पुष्टि गरेको छैन, तर प्रहरी चौकी हरिपूर्वाले चित्रलेखाका श्रीमान्ले नै गोली चलाएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारका दुई राउण्ड खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट