https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, असाेज १३ गते ।
सशस्त्र प्रहरी बल बिओपी बिरगन्ज भन्सारले नेपाल भारत सिमा नाकामा निगरानी बढाउनुको साथै सुरक्षामा कडाइ गरेको छ ।सशस्त्र प्रहरी बल बिओपी वीरगन्ज भन्सारका प्रमुख डि.एस.पि सुरज रिजाल आफै उच्च सुरक्षा सतर्कता अपनाउँदै चेक जाचमा उत्रिएका छन ।

दशै नजिकिँदै गर्दा शान्ति सुरक्षा कायम गर्न, लागू औषध तथा हातहतियार नियन्त्रण गर्नका लागि तालीम प्राप्त कुकुरको सहयोगमा समेत चेकजाँच गरिरहेका छन ।

नेपाल भारत सीमा क्षेत्र सम्वेदनशील रहेको र भारतबाट साना हतियारका साथै गोली पनि भित्रिने सम्भावना रहेको तथा विगतमा चाडबाडको समयमा अपराध गरेर सीमा कट्ने प्रवृत्ति देखिएकोले मुख्य रुपमा सबै किसिमको अपराध नियन्त्रण गर्न सुरक्षा सतर्कताको दृष्टिले समेत कुकुर परिचालन गरिएको डि.एस.पि रिजालले बताए ।

नेपाल भारत खुल्ला सिमाना भएकोले प्रतिबन्धित सामान नेपालबाट भारततिर र भारतबाट नेपालतिर आउन रोक्ने तथा दुवै देशको सीमा क्षेत्रमा हुने अपराध कम गर्न समेत चेकजाँचमा कडाइ गरिएको छ । यसबाट तस्करीमा पनि कमी आउने र राजस्व समेत बढ्ने उनको विश्वास रहेको छ ।

डि.एस.पि रिजालका अनुसार नियमितका साथसाथै सरप्राइज चेकिङ पनि भइरहेको छ।जहाँबाट नतिजा राम्रो पाएको र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार