https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, असोज १७ गते ।
सिरहा नगरपालिका–९ रामनगर गुलरीयामा रहेको आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

रामनगर गुलरीया घर भएर अहिले साउदी अरबमा कार्यरत गैरआवासिय मधेशी संघके अन्र्तराष्ट्रिय समिति सदस्य पप्पु कुमार यादवले शैक्षिक सामग्री उपलब्ध गराएको हो । सो शैक्षिक सामग्री उनको आमा रामसुनैर देवी यादव, बुबा महेन्द्र यादवले बालबालिकालाई वितरण गरेको हो । सो अवसरमा वडा नम्बर ९ का सदस्य देवेन गोईत, पूर्व वडा सदस्य रामअवतार गोहिवार लगायतको सहभागिता रहेको थियो ।

विद्यालयमा ५० भन्दा वढी बालबालिका अध्ययनरत छन् । शैक्षिक स्रामगी अन्र्तगत काँपी, पेन्सिल लगायतको वितरण गरिएको यादवले जानकारी दिएका छन् । आफूले अगामी दिनमा विद्यालयमा शैक्षिक गतिविधिलाई सुदृढ र गुणस्तरीय पठनपाठनको निम्ति थप शैक्षिक सामग्री एवं बालबालिकालाई आवश्यक पर्ने सामग्रीहरु निःशुल्क उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट