https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असोज १७ गते ।
महाेत्तरीकाे गाैशालामा घटस्थापनाकाे अवसरमा कुमारी कन्याद्वारा विशाल कलश यात्रा निकालिएको छ । बिहीबार घटस्थापनासँगै नेपालीहरुको महान चाड वडादशैँ सुरु भएको हाे ।

घटस्थापनाकाे अवसरमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा विशाल कलश यात्रा आयोजना गरिएको छ । जसमा पाँच हजार एक सय एक कुमारी कन्या सहभागी रहेको दुर्गा पूजा आयोजक समितिले जनाएको छ ।

भजन कीर्तन र बाजागाजाका साथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिताले गौशाला अहिले भक्तिनगरमा परिणत भएको छ । नवदुर्गाको जय गानसाथ मडाहा नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजारक्षेत्र परिक्रमा गरेको थियो । कलश यात्रामा धर्मपरायण नरनारी, पेसाकर्मी, व्यापारी लगायत श्रद्धालुको विशाल सहभागिताले महान पर्वको गौरव र गरिमा बढाएको आयोजक समितिले जनाएको छ । त्यहीँ मालश्री धुन र दुर्गा सप्तशतीको पवित्र गुञ्जनले नगर क्षेत्र अहिले भक्तिरसमा डुबेको छ ।

लोकलयका भाकामा भजनकीर्तन सहित स्थानीय वेशभूषा लगाएका, झण्डा तोरण बोकेका भक्तजनको कलश यात्राले नगर परिक्रमा गरेको थियो । यो पर्वमा प्रतिमाको रुपमा काली, दुर्गालगायत सात सहेली र एक भाइ गणेश मानेर पूजाआजा गर्ने परम्परा रहेको छ ।

सबैभन्दा लामो धार्मिक मेला

क्लश यात्रा र शैलपुत्रीको पूजा अर्चनासाथ गौशालामा १५ दिने दुर्गा मेला पनि सुरु भएको छ । घटस्थापनाको दिनदेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म मनाइने यो मेला जिल्लाकै सबैभन्दा लामो धर्मोत्सव पनि हो ।

यसैगरी गाैशाला बजार कै निगाैल चाैकमा लाग्दै आएको दुर्गा मेलाकाे लागि समेत हजारौं कुमारी कन्याद्वारा कलश यात्रा निकाली निगाैल ठाकुर पाेखरीबाट जल बाेझी कलशकाे स्थापना गरिएको आयाेजक समितिले जनाएको छ । कलश यात्रा समापनपछि नवरात्रको प्रथम शक्तिस्वरूपिणी शैलपुत्रीको वैदिक परम्पराअनुसार पूजा अर्चना गरिएको छ ।

यसैगरी जिल्लाकै औरहीको सोनामाईस्थान, बर्दिबासको पञ्चधुरा माईस्थान, जलेश्वरको राजदेवी लगायतका शक्तिपीठमा पनि बिहाबार बिहानैदेखि शैलपुत्रीको पूजाअर्चना र दर्शन गर्नेको ठूलो भीड लागेको थियो ।

सुरक्षाकाे दृष्टिकोणले सहायता कक्षकाे स्थापना


जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत समेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरी मातहत संयुक्त आयोजनामा वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शान्ति सुरक्षालाई मध्य नजर गरी यात्रु तथा आम-नागरिकहरुलाई हुन सक्ने समस्याहरुको समाधान गर्ने गरी सेवा प्रदान गर्ने अभिप्रायले स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह सोनार, जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रमुख नकुल पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप-अनुसन्धान निर्देशक सुदिप अधिकारी, सरोकारवाला निकायका प्रतिनिधी लगायत स्थानीय जन-समुदायका उपस्थितीमा निम्न स्थानहरुमा यात्रु/नागरिक सहायता कक्ष (Citizen Help Desk) स्थापना गरिएको हाे । जसमा गौशाला नगरपालिका वडा नं. ०२ स्थित निगौल चौक,  गौशाला नगरपालिका वडा नं. ०५ स्थित जिरोमाईल, बर्दिबास न.पा. वडा नं.०१ स्थित सिन्धुली चौक र जलेश्वर न.पा. वडा नं. ०२ स्थित मटिहानी चौक गरि चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार