
राहुल गुप्ता
बिरगंज, असाेज १७ गते ।
हरेक वर्ष झै यस वर्ष पनि दसैको उपलक्षयमा लायन्स इनटरनेशनलले बिरगंज स्थित गहवा माई मन्दिरको प्राङ्गगणमा प्रसाद वितरण गरेको छ ।

लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज कुटुमब, लायन्स क्लब बिरगंज फ्रेन्ड्स जुन, लायन्स क्लब बिरगंज एकसिलेन्सको संयुक्त आयोजनामा गहववा माई मन्दिरको प्राङ्गगणमा करिब २५० जनालाई प्रसाद वितरण गरेको छ ।
प्रसाद वितरण कार्यक्रम लायन्स क्लब बिरगंज परिवारका अध्यक्ष भानुभक्त अधिकारी, लायन्स क्लब बिरगंज कुटुमबका अध्यक्ष रिना रौनियार, लायन्स क्लब बिरगंज फ्रेन्ड्स जुनका अध्यक्ष श्रवण गुप्ता, लायन्स क्लब बिरगंज एकसिलेन्सका अध्यक्ष डा.मनोज उपाध्याय, यस एरिया ३ (तिन)का एरिया चिप श्याम गुप्ता, डिस्ट्रीकका एक्ज्युटिभ चिफ बासु तिमलसिना, डिस्ट्रीक को चिफ एड्भाइजर बिजया ओझैया, डिस्ट्रीक को चिफ एडभाइजर रिकेश साह, जोन चेयर पर्सन सन्जिता प्याकुरेल, डिस्ट्रीक डिजिटल मार्केटिङ्ग नरोत्तम पाण्डे सहित क्लबका विभिन्न सदस्यहरुको उपस्थिति थियो ।