काठमाडौं, असाेज १८ गते ।
कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसायलाई तीब्र दिने क्रम जारी छ । फलस्वरूप यो कार्य दिनानुदिन बढ्दै गएको छ । दोहामा सन् १९९८ मा पहिलो पटक खुलेको चितवन टाइगर टप रेष्टुरेन्ट, नेपाली क भान्साघर हुँदै काठमाडौ महानगरपालिकाको प्रमुख बालेनको नामबाट हिजो बिहिवार खुलेको रेष्टुरेन्ट “द बालेन सिटी” को कथा र व्याथा लामै छन् ।
करिब एक दशक देखि कतारमा कार्यरत भंगहा नगरपालिका वडा नं ०१ सिगयिही महोत्तरी निवासी गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम द बालेन सिटी राखिएको छ । आरम्भमा १३ जना स्टाफ बाट शुरु गरिएको रेष्टुरेन्टमा १०० भन्दा बढी परिकारका नेपाली इन्डियन अरेबिक चाइनिज र फिलिपिनो खानाका परिकार उपलब्ध रहेको छ ।
दोहाको अल साद मेट्रो स्टेसन नजिक द बालेन सिटी रेष्टुरेन्ट रहेको छ । पर्याप्त पार्किङ र मेन सडकमा खुलेको यस रेष्टुरेन्टले खानाका पारखी हरुको चाहना पूरा गर्न सक्ने छ । ७” जनाले खान मिल्ने ५० थरीका खानाको परिकार समेटिएको बहुबली थाली सेट यहाँको मुख्य मेनुको रुपमा केवल ९९ कतारी रियालमा उपलब्ध रहेको सन्चालक एवं प्रोपाइटर गुलजारले क्यूएनखबर लाई बताए ।
बालेनको चुलिएको लोकप्रियता यतिबेला नेपालमा मात्र नभइ खाडीको कतार सम्म पुगेको देखियो । मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर द बालेन सिटीको उद्घाटन गर्नु भएको थियो ।