https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, असाेज १९ गते ।
पर्साकाे बिरगन्ज स्थित घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ । रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्जको आयोजना तथा मधुमेह क्यरको सहयोगमा दशैं तथा दिपावलीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्ज का अध्यक्ष रो. सौरभ बर्णवालको अध्यक्षता आयोजना भएको निशुल्क स्वास्थ चेकजाचमा नारायणी क्षेत्रीय अस्पताल वीरगन्जका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहले बिरामीहरुको मधुमेह तथा रक्तचापको चेकजाँच गरेका थिए ।

त्यस्तै यस निःशुल्क स्वास्थ्य शिविरमा नेपाल फर्माका lapen diabets Division द्वारा बिरामीहरुलाई निशुल्क औषधि समेत सहयोग गरिएको थियो । उक्त अवसरमा १८० जना बिरामीहरुले चेकजाँच गराएका थिए ।

आज आयोजना गरिएको निशुल्क शिविरमा रोटरेक्ट क्लब अफ युनाइटेड बिरगन्जका सदस्यहरु रो. रजिश चौधरी, रो. रोशनी भट्टराई, रो. सुजल ठाकुर,रो. ईशा अग्रवाल, रो. अर्चि सर्रफ, आशिष भट्टराई, सर्मिला भण्डारी, डिकेश यादव, बादल कर्ण लगायतकाे उपस्थिति रहेको उक्त संस्था सचिव रो. संगम पण्डितले जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार