जनकपुरधाम, असोज १९ गते ।
समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा बिस्तारीत बैठक सम्पन्न भएको छ ।
समाजबादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला अध्यक्ष राम भगत यादवको अध्यक्षतामा र जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको प्रमुख अतिथित्वमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको हो ।

उक्त कार्यक्रममा समाजवादी विद्यार्थी युनियन केन्द्रिय सचीव बिकास यादव, बलिराम कापर, समाजवादी युवा संघ केन्द्रिय सदस्य धर्मेन्द्र यादव, समाजवादी युवा संघ कार्यवाहक अध्यक्ष कमलेश यादव, समाजवादी विद्यार्थी युनियन प्रदेश सचिव आमिन राईन, समाजवादी युवा धनुषा जिल्ला अध्यक्ष दिपु कापर, युवा संघ महोत्तरी जिल्ला उपाध्यक्ष अमित झा, युवा संघ जनकपुर उपमहानगरपालिका अध्यक्ष अक्ष्री यादव, लगाईत जिल्ला कार्यसमितिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।




