https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असोज १९ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशवासीले स्वदेश तथा विदेशका जुनसुकै भूगोलमा बसोबास गरे पनि आफ्ना भाषा, भेषभूषा र सँस्कृतिको जर्गेना गर्दैआएको बताउनुभएको छ ।

मधेश–कास्की सम्पर्क समाजद्वारा आयोजित नवदुर्गा समारोहमा सहभागी हुन शनिबार पोखरा पुग्नुभएका मुख्यमन्त्री सिँहले देशका विभिन्न क्षेत्रमा पेसा र व्यवसायका सिलसिलामा पुगी बसोबास गरिरहेका मधेशी समुदायले आफ्नो मौलिक र विशिष्ठ सँस्कृति तथा परम्परा साझा गर्ने दायित्व पुरा गरी मधेशको गौरव र गरिमा वृद्धि गरेको उल्लेख गर्नुभयो ।

मैथिली भाषामा बोल्दै उहाँले मधेशबाट आएर पोखरामा बसोबास गरिरहेकाहरूले शक्ति स्वरूपा दुर्गाको पूजा समारोहमा आफूलाई आमन्त्रण गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कार्यव्यस्तताका बाबजुद पनि म तपाईँहरूको आशीर्वाद ग्रहण गर्न र शुभकामना दिन पोखरा आएको छु ।’

पोखरा र जनकपुरधामको पर्यटकीय विकासका लागि हवाई कनेक्टिभिटी आवश्यक रहेको भन्दै मुख्यमन्त्री सिँहले सीमावर्ती क्षेत्रमा रहेको धार्मिक नगरी जनकपुरधाममा हजारौँको सँख्यामा भारतीय पर्यटक आउने गरेको र तिनको आकर्षक गन्तव्य पोखरासमेत रहने गरेकाले फलाइट कनेक्टिभिटीमार्फत पर्यटनको विकास तथा विस्तार गर्न सकिने कुरामा जोड दिनुभयो ।

समारोहअन्तर्गत मुख्यमन्त्री सिँहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सयौँको सँख्यामा मधेशी समुदायको सहभागिता रहेको थियो । उहाँहरूले मुख्यमन्त्री सिँहलाई पोखरामा भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार