https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्र
कपिलवस्तु, असोज २२ गते ।
जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष विश्व प्रकाश अर्यालको अध्यक्षतामा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ ।

कार्यक्रममा पूर्व मंत्री, ईश्वर दयाल मिश्र, पूर्व सांसद अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिका प्रमुख अजय थापा, लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, अकिल मियाँ, अहसान अहमद खां, मिर्जा राशिद लगायत अन्य अतिथिका रूपमा रहेका थिए ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले सुरक्षा सम्बंधि योजना प्रस्तुत गर्दै मूर्ति विसर्जनमा देखिएका समस्या तथा चुनौती, मूर्ति विसर्जनको रूट म्याप सुरक्षाको साझा प्रतिबद्धता, स्वयमसेवक परिचालन लगायत विषय प्रस्तुत गर्दै आफ्नो क्षेत्राधिकार भित्र जम्मा ८० वटा मूर्ति स्थापना गरिएको तथा २८ वटा इलाका प्रहरी कार्यालय कृष्णनगरले हेर्ने गरि मूर्ति स्थापना गरिएको बताउदै अझ मूर्ति विसर्जन लाई शभ्य तथा मर्यादित बनाउन सरोकारवाला लाई सुझाव दिन अपिल गरे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ता हरूले सबैमा दशैंको हार्दिक शुभकामना व्यक्त गर्दै दशैं पर्वलाई एकआपसमा भाइचारा कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु पर्ने, एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउनु पर्ने, विगतमा भएको कमीकमजोरीलाई नदोहराई सजगताका साथ दशै मनाउनु पर्ने, कृष्णनगरबाट एकताको सन्देश प्रवाह हुने किसिमले दशै शान्तीपुर्वक मनाउनु पर्ने, दशै पर्वलाई मेलमिलाप पर्बको रुपमा मनाउनु पर्ने तथा सबैलै सबै धर्मको सम्मान गर्नुपर्ने लगायतका कुरामा वक्ता हरूले जोड दिएका थिए ।

जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कसैको अस्थामाथी खेलवाड नगरी सभ्य नागरिकको परिचय दिई चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय, जन प्रतिनिधि, समाजसेवी, व्यापारी, राजनीतिक व्यक्ति, मूर्ति स्थापना गरिएका समितिका पदाधिकारी, शिक्षाप्रेमी, धर्मगुरु, पत्रकार, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार