https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
औरही)- ओैरहीमा गएराति डाकाहरूले एक समुहले लाखौकाे धनमाल लुटपाट गरिनुकाे साथै घरधनिलाई कुटपिट गरि घाईते समेत बनाई दिएकाे छ ।

औरही नगरपालिका वडा नं. १ बस्ने केबल साहको घरमा ६ जनाको डाका समुहले लुटपाट गरेका हुन् । मध्यरातमा घरको पछाडि पट्टी पूर्व तिरको ढोका खोली प्रवेश गरी लुटपाट गरिएका हुन् ।

डाकाहरूले नगद, सुन चाँदीका गरगहना समेत गरि ५ लाख ९२ हजार ६ सय बराबरको धनमाल लुटेर लगेको पिडितले जनाएको छ । डाकाहरूले रडले प्रहार गरि रंजित साहलाई घाइते समेत बनाई दिएको छ । साहको टाउँकोमा आठवटा टाका लागेको निजलाई औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा उपचार भईरहेको छ ।

सो घटना संलग्न हुन सक्ने आशांका साहकाेको मिलमा पहिला काम गर्ने कामदार औरही वडानं. १ बस्ने २१ को अस्लम अंसारीलाई पक्राउ गरिएकाे छ ।

साथै उक्त घट्ना पश्चात औरही नगरपालिका वडानं .१ बस्ने श्रम मन्त्री शरत सिंह भण्डारीको घरमा वाल जम्प गरि प्रवेश गरे त्यहाँ बाट चार्जमा रहेको मोबाईल एक थान र माथिल्लो कोठामा रहेको दराजबाट लुगा र चेक बुक लगेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार