गाैशाला, असाेज २३ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका १२ काे वडा कार्यालयद्वारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाैशाला नगरपालिका १२ काे आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकांश वक्ताहरुले कार्यक्रमलाई आयोजना गरेकोले वडा कार्यालय परिवारलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम वडा अध्यक्ष : कुशेश्वर सिंह कुशवाहाकाे अध्यक्षता तथा संघीय सांसद लक्ष्मी महताे काेईरीकाे प्रमुख अतिथि, विशिष्ट अतिथिमा नगर प्रमुख डा. दिपेन्द्र महताे, जसपा नेपालकाे केन्द्रीय सदस्य रमेश महताे, जसपाका नगर अध्यक्ष कुमरकान्त झा, गाैशाला प्राविधिक शिक्षालयका अध्यक्ष देवनारायण सिंह, वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, व्यापारीहरु लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।












