https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गोपाल झा
जलेश्वर, असोज २६ गते ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ४ मा प्रदेश सांसद सरोज सिंह कुशवाहा र पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा संयुक्त रुपमा दुर्गा मन्दिर निर्माणकाे लागि शिलान्यास गरेको छ ।

बिजयादशमीको दिन आज शनीबार मनरा सिस्वाको वडा नं ४, जाउख चौकमा महोत्तरी क्षेत्र नं. ४ (ख) का प्रदेश सांसद कुशवाहा र पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवले दुर्गा मन्दिर निर्माणका लागि शिलान्यास गरेका छन् ।

मन्दीर निर्माणमा लाग्ने सम्पुर्ण खर्च सांसद कुशवाहा सहयोग गर्ने घोषणा गरे अनुसार आज शुभ साईतमा विभिन्न पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारण सहितकाे उपस्थितिमा एक कार्यक्रमबिच प्रदेश सांसद कुश्वाहा तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादवले विधिवत रुपमा पुजापाठ गरि शिलान्यास गरेका हुन ।

मन्दिरको यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गरी स्थानीयबासीका लागि खुला गरिने जनाईएको छ ।

प्रत्येक वर्ष असाेज महिनामा मनाइने मनरा सिस्वा ४ जाउखमा दुर्गा पुजा तथा मेलाको लागि प्रदेश सांसद सरोज सिंह कुश्वाहाले एक कार्यक्रमकाबिच बिधिवत मन्दीर निर्माणका लागि शिलान्यास गरेका हुन ।

सांसद कुश्वाहाले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा सम्बधर्न गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाकोलागी स्थायी पक्की दुर्गामन्दीर निर्माणको घोषण गरे लगतै त्यसको शिलान्यास संगै त्यसमा लाग्ने सम्पुणर् आर्थीक खर्च सहयोग गर्ने घोषणा गरेका हुन् ।

दुर्गा मन्दिर शिलान्यास कार्यक्रममा मनरा शिस्वा नगरपालिकामा रहेका, विभिन्न पार्टीका प्रतिनिधि, पार्टी कार्यकर्ता, शिक्षित वर्ग, युवा, महिला तथा सर्व साधारणहरु उपस्थित रहेका थिए ।

कार्यक्रममा सहभागी स्थानियहरुले नेपालीहरुको महान पर्व वडा दशैको अवसरमा शक्ति स्वरुपा भगवती दूर्गा भवानीको प्रत्येक वर्ष बिधिवत पुजा अर्चनाहुँदै आएको जानकारी गराउँदै त्यहाँ स्थायीरुपमा मन्दीर निर्माणका लागी आर्थीक सहयोगको लागि आग्रह गरेको दुई दिनमै लाखौ खर्च लागने दुर्गा मन्दिर निर्मानको शिलान्यास भएकोमा सांसद कुशवाहालाई धन्यबाद दिएका छन् ।

शिलान्यस कार्यक्रममा सांंसद कुशवाहा यसक्षेत्रका विभिन्न बिकास संगै संस्कृतीलाई जोडदै लै जानुपर्ने भन्दै दुर्गा मन्दीर निर्माणको घोषणा गरेका थिए ।

मन्दिर शिलान्यासका क्रममा सांंसद कुशवाहाले ‘कुनै पनि ठाउको धर्म र संस्कृतिले सो ठाउँको पहिचान जोगाउछ ।, सांंसद कुशवाहाले भने ‘ धर्म र संस्कृति विर्सिदै गइरहेको अहिलेको अवस्थामा धर्म संस्कृति वचाउनु आफैमा चुनौती पूणर् छ ।’

सांसद कुश्वाहाले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा संबर्धन गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाकोलागी स्थायी पक्की दुर्गामन्दीर निर्माणको घोषण गरेर लगत्तै शिलान्यास समेत गरेको र त्यसमा लाग्ने सम्पुणर् आर्थीक सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार