https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज २६ गते ।
महाेत्तरीकाे औरही नगरपालिका -७ स्थित रहेको सोनामाई मन्दिरमा असाेज २४ गते बिहीबार राति मन्दिरमा पुजा गर्ने विषयलाई लिएर झै-झगडा हुँदा सोनामाई संरक्षण समितिका अध्यक्ष राम प्रवेश यादव गम्भीर घाइते भएका छन् ।

सोनामाई मन्दिरमा अष्टमीको रातिमा मन्दिरमा निसा पुजा हुने गर्छ त्यही विषयमा दुईजना पुजारी बिच झैझगडा भैईरहेकाे बेला छुट्टाउन जाँदा सोनामाई मन्दिर संरक्षण समितिका अध्यक्ष राम प्रवेश यादवको टाउकोमा ईटा प्रहार हुँदा गम्भीर घाइते भएको हो ।अध्यक्ष यादवकाे टाउकोमा ईटाले प्रहार गरिएको दृश्य सिसिटिभि रेकर्डमा समेत फेला परेको छ ।

घाइते यादवकाे अवस्था गम्भीर रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल जनकपुरमा उपचार भईरहेको महाेत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जयसवालले जानकारी दिनुभएको हाे ।अष्टमीको राति निसा पुजा गर्ने विषयमा औरही नगरपालिका -७ भोईल बस्ने गोपाल झाको छोरा वर्ष २८ को बिबेक झा, वर्ष २६ को केशव झा, वर्ष ४२ को चन्द्र भुषन झा र वर्ष ६५ को केदार झा संग झै-झगडा भएको थियो । साेनामाई मन्दिर परिसरमा पुजारी -पुजारी बिच झैझगडा हुँदै गर्दा छुट्टाउन जाँदा पुजारीहरुबाट औरही नगरपालिका ७ बस्ने वर्ष ४२ को चन्द्र भुषन झाको टाउको र शरिरको विभिन्न भागमा चोट लाग्दा समान्य घाइते भएका छन् ।

घाइते झाकाे सिटिजन अस्पताल रामगोपालपुरमा उपचार भईरहेकाे औरही नगरपालिका -७ का वडा अध्यक्ष जितेन्द्र यादवले बताउनुभयो । यता झै-झगडामा संलग्न औरही नगरपालिका -७ बस्ने गोपाल झाको छोरा वर्ष २८ को बिबेक झा र वर्ष २६ को केशव झालाई जिल्ला प्रहरी कार्यलय महाेत्तरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार