
चन्दन कूमार महतो
राैतहट, असाेज २७ गते ।
रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ५ भेड़ियाहीमा सञ्चालन रहेको जीविकोपार्जन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा आइतवार संपन्न भएको छ ।
सस्थाका अध्यक्ष रामाकान्त प्रसाद पटेलको अध्यक्षतामा भएको कार्यक्रममा सस्था द्वारा गठन गरिएको १६ वटा महिला समूहको प्रमुखलाइ नगद सहित सम्मान गरिएको छ ।

सम्मान गरिएको महिला प्रमुखहरुमा कान्ति देवी परोहा ६ लाइ नगद रु १७५०, जगपति देवी बौधिमाई नगरपालिका ३ लाइ नगद रु १ हजार, गान्धी देवी मटीअरबालाइ रु १८५०, बिगनी खातून पोखरियालाइ ११००, रीमा देवी तेजापाकड़लाइ नगद रु ३६००, दिलमाया देवी इनरवारीलाइ रु १९००, नबिजन खातूनलाई नगद रु २१००, बबिता देवीलाइ रु ३५००, सबिता देवी भेड़ियाहीलाइ ५०० रुपैयाबाट पुरस्कृत गरिएका छन ।
सस्थाले ७ करोड़ ६५ लाखको कारोबार गरेको समेत कार्यक्रममा जानकारी गराइएको थियो । वार्षिक साधारण सभामा नगरपालिकाका मोहमद इरफान अयूब, वड़ा अध्यक्ष मोहमद सजिम अंसारी, वड़ा सदस्य महिन्द्र महतो, श्याम बालक पटेल, राम सिंह पटेल लगायतले आ-आफ्नो मंतव्य राखेका थिए ।