जलेश्वर, कार्तिक ३ गते ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन ।
जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित ‘जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण ” सम्बन्धि अनुगमन तथा समिक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन ।
काँग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धि कुशासन, भ्रष्टाचार, बिदेशी ॠण थोपार्नु मात्र रहेको दाबी गर्दै अध्यक्ष यादवले उनिहरु विरुद्ध सडक र सदन दुबै मोर्चाबाट संघर्ष गर्नु पर्ने बताउनु भयो ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा महासचिव राम कुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव, केन्द्रिय सदस्य दिपक झा (गुड्डु), प्रदेश अध्यक्ष बालकिशोर यादव सहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभुत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ-आफ्नो धारना व्यक्त गरेका थिए ।