https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

युवराज भट्टराई
पोखरा, कार्तिक ४ गते ।
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै रास्वपा नेता कार्यकर्ता पोखरामा भेला भएका हुन् ।

प्रहरीले लामिछानेलाई आज अदालत पेस गर्नुअघि देखि रास्वपाले बिरोध प्रदर्शन गरिरहेको थियो ।

तर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेसँगै प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रयोग गरेको हो ।

प्रहरीसँग प्रदर्शनकारीको धकेलाधकेल भए पनि उनीहरु हट्न नमानेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको हो ।

सहकारी पीडित र रास्वपाका समर्थकबीच मुठभेड हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन रोकिएको छ भने सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट