https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक ५ गते ।
मधेश प्रदेशमा विगत ३३ वर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल मधेश प्रदेशकै अग्रणी गैर सरकारी संस्था रतौली युवा क्लब महोत्तरीले जलेश्वर स्थिति अग्रवाल बसेरा पार्टी प्यालेसको सभाहलमा संस्थाको ३३ औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा रतौली यूवा क्लबका महासचिव सुरेन्द्र मण्डलले संस्थाद्वारा विभिन्न दातृ निकायहरुको सहकार्यमा संचालित परियोजना तथा कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नति कार्यक्रम, USAID/CARE Nepal को सहयोगमा संचालित एड्लोसेन्ट रिप्रोडक्डिभ हेल्थ कार्यक्रम, FCA को सहयोगमा संचालित सामाजिक आर्थिक शसक्तिकरण परियोजना लगायतका विभिन्न परियोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यसैगरी आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष गुन्जा ठाकुरले प्रस्तुत गर्नुभएको थियो । साथै समुन्नति परियोजना र सामाजिक आर्थिक शसक्तिकरण परियोजना द्धारा सहयोग भइ विभिन्न साना व्यवसायहरुमा संलग्न १० जना उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमा FCA को सहयोगमा संचालित सामाजिक आर्थिक शसक्तिकरण परियोजना अन्तरगत लक्ष्मीनिया गाउँपालिकाका अति विपन्न तथा गरिब परिवारका ४ जना किशोर किशोरीहरुलाई उनिहरुको लक्ष्मीनिया देखि जनकपुरसम्म पढ्न आउदा पढाईमा निरन्तरता तथा सहजता होस भन्ने उद्देश्यले प्रमुख अथिति तथा विशिष्ट अथितिबाट साइकल वितरण गरिएको थियो ।

यस्तै ५४ वर्ष सम्म पुर्ण अपांगता भए पनि अपांग परिचय पत्र नभएका बलि सदा, नागरिकता नभएकी उनकि श्रीमती रिंकु सदा कार्यक्रममा आवद्ध भएपछि ५४ वर्षमा अपांग परिचय पत्र सहित सरकारकाट पाउने सेवामा पहुच पुगेको, श्रीमतिको नागरिकता बनेको र उनका ३ वटा छोराछोरीको जन्म दर्ता भइ विद्यालय भर्ना हुन सफल भएकोले उक्त परिवारलाइ प्रमुख अथिति तथा विशिष्ट अथितिबाट सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष मो. साकिर खानको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मा. रानी शर्मा तिवारीकी प्रमुख अथिति तथा महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, धनुषा जिल्ला समन्वय समितिका प्रमुख राज नन्दन मण्डल, महोत्तरी जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जलेश्वर नगरपालिकाका उप प्रमुख रौशन खातुन, गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव तथा रतौली यूवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधि, वडा अध्यक्षहरु, संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्र.अ. लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार