
जनकपुरधाम, कात्तिक ५ गते ।
धनुषाकाे धनाैजीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डललाई स्कुल बसले ठक्करबाट मृत्युु भएको हाे । भन्ने स्थानीयहरुले बसमा आगाे लगाएका छन् ।

आज बिहान करिब १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेलामा बालिकालाई ठक्कर दिएको थियोे । बालिका गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका सिंहले बताए ।

यता फरार चालकको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । घटनापछि आक्रोशित स्थानीयहरुले ज्ञानज्योती बोर्डिंग स्कुलको बसमा आगजनी समेत गरेका छन् । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको समेत जनाइएको छ ।