https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
लहान, कार्तिक ६ गते ।
मधेश प्रदेशका सिरहाको लहानमा धार्मिक सहिष्णुता र संवादको नयाँ उदाहरण स्थापना भएको छ। विभिन्न धार्मिक समुदायबीच बढ्दो तनावलाई सम्बोधन गर्न २०७३ असोज ८ गते “हातेमालो अन्तर धार्मिक संवाद समिति” गठन गरिएको छ । यस समितिले हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मालम्बीलाई एकत्रित गरी शान्ति, सहिष्णुता, र आपसी भाइचाराको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।

लहान सगरमाथा अञ्चलको एक प्रमुख व्यापारिक केन्द्र हो, जहाँ पहाड, तराई, र हिमालका मानिसहरू बसोबास गर्छन्। यहाँ धार्मिक र सांस्कृतिक विविधताले भरिएको समाज रहेको छ। विगतमा केही धार्मिक विवादहरू उत्पन्न भए तापनि, समितिको प्रयासले धार्मिक सहिष्णुतामा ठोस कदम चालेको छ । लक्ष्मी पूजाको दिन भएको एक विवादास्पद घटना, जसमा गाईको बली र मस्जिदमा सुंगुरको टाउको भेट्टिएको थियो, त्यसपछि समिति गठन गर्ने विचार अघि आएको थियो ।

यो समिति समग्र जनउत्थान केन्द्र र जी.आई.जेड.-सी.पी.एस.को सहकार्यमा गठन गरिएको हो। प्रारम्भमा हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिहरू समावेश भए तापनि, अहिले क्रिश्चियन, बौद्ध धर्मालम्बीहरू पनि सहभागिता जनाउँदै आएका छन्। ३१ सदस्यीय समितिमा महिलाहरूको पनि उल्लेख्य उपस्थिति छ।
समितिले गठन भएदेखि नै स्थानीय सरोकारवालाहरू, शैक्षिक संस्था र अन्य समुदायसँगको सहकार्य गर्दै सामाजिक, सांस्कृतिक तथा धार्मिक समस्याहरूको संवादमार्फत समाधान गरिरहेको छ । समितिको क्रियाकलापले लहान क्षेत्रलाई धार्मिक सहिष्णुता र शान्तिको प्रतीक बनाएको छ ।

समितिको प्रयासले लहान नगरपालिकासहित धनगढीमाई नगरपालिकामा पनि समाजिक शान्ति र भाइचारालाई प्रवर्द्धन गर्न मद्दत गरिरहेको छ । समग्र जनउत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी थिए । मन्त्री सिंहले समितिको सराहना गर्दै यसले समाजमा शान्तिको सन्देश दिने र मधेश प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् ।

कार्यक्रमको सञ्चालन समग्र जनउत्थान केन्द्रकी उपाध्यक्ष अनिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार