
गाैशाला, कार्तिक ७ गते ।
महाेत्तरीकाे मनरा शिस्वामा आधारभुत नगर अस्पताल मनरामा एकदिने निःशुल्क विशेषज्ञ चिकित्सक द्वारा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनराशिस्वा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयको विशेष पहलमा हाडजोर्नी, स्त्री तथा प्रसुति र बालरोग विशेषज्ञ चिकित्सकहरुद्वारा आधारभुत नगर अस्पताल मनरामा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरी निःशुल्क सेवा प्रदान गरिएको हो ।
मनराशिस्वा नगरपालिकाका विभिन्न वडा बाट आएका सेवग्राहीले निःशुल्क स्वास्थ्य शिविर बाट लाभ लिएका थिए । मनराशिस्वा नगरपालिका वडा न १ मनरा कि बबली कुमारी यादवले यो शिविर आफ्नो लागि फलदायक रहेको बताएकी छिन । दिनहुँ छोरी विरामी पर्दै आएपछि चिन्तित देखिएकी मनराशिस्वा न.पा १ कि बबली कुमारी यादवले शिविरमा बाललरोग विशेषज्ञ आएको थाहा पाएपछि छोरीलाई चेकजाँच गराउन शिविरमा आएको बताइन ।

उक्त शिविरमा बालरोग विशेषज्ञ चिकित्सक द्वारा उपचार गराएपछि आफ्नो छोरीको मुटु सम्बन्धि रोग रहेकोले उनले थाह पाईन र अब विशेषज्ञ चिकित्सकले सलाह दिएका ठाउँमा छोरीको उपचार गराएर आफ्नो छोरी निको हुने आशा पलाएको उनले बताइन । स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक बाट उपचार गराई आफ्नो समस्या समाधान हुनेभएपछि मनराशिस्वा नगरपालिका २ निवासी रेखा देवी पासवानले शिविर आयोजनकर्तालाई धन्यवाद ज्ञापन गरेकि छिन र उनले यस्ता आयोजनका कारण घरमैं स्वास्थ्य सेवा पाएको अनुभूति भएको बताएकि छिन ।

त्यस्तै हाडजोर्नी विशेषज्ञ चिकित्सक द्वारा उपचार गराउन पाएका नगरपालिका निवासी कौशल किशोर ओझा तथा कमलेश ठाकुरले न्यून मात्रामा औषधिको खाए संगै चिकित्सकहरु द्वारा सहज व्यायाम अभ्यासले घरमैं हाडजोर्नी जस्ता दिर्घ रोगको समाधान सहजै निको हुन सक्ने भएकाले यस्ता शिविर हप्ता पिछे हुनुपर्ने उनीहरुले सुझाव समेत दिए । मनराशिस्वा नगरपालिका निवासी हाडजोर्नी विषेशज्ञ चिकित्सक डॉ. संजित कुमार झाले मनराशिस्वा नगरपालिकाको ग्रामीण भेगमा देखिने वा अत्याधिक समस्या हुने रोगको उपचार मात्र गराउने बानी र सुविधा अभावले गर्दा पनि जकरिएका रोगहरुका कारण नगरवासी निकै समस्या परेको देखेको हुनाले आफ्नोजन्मथलोको स्वस्थ्य अवस्था उकासन उतिकै जिम्मेवारी रहेकोले यो स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरु सँगै आफ्नो उपस्थिति जनाएको उनले बताए ।

निःशुल्क विशेषज्ञ चिकित्सक द्वारा स्वास्थ्य शिविर बाट २ सय १८ जना सेवग्राहीले सेवा लिएका छन । हाडजोर्नी विशेषज्ञ चिकित्सक बाट १ सय ६३ , स्त्री तथा प्रसुति रोग विशेषज बाट ३५ ,बालरोग विशेषज्ञ बाट २० जनाले निःशुल्क सेवा लिएका मनराशिस्वा नगरपालिका स्वास्थय शाखा प्रमुख रामचन्द्र यादवले जानकारी दिएका छन । मनराशिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्माले विशेषज्ञ चिकित्सक टोलीलाई स्वागत र सम्मान गरे सँगै यस्ता मनकारी कार्यको प्रशंसा समेत गरेका हुन उनके यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिई राख्न आवश्यक सहयोग गर्ने उनले बताएका छन ।
उक्त शिविरमा काठमाण्डौं स्थित सिल्भर लाईन अस्पताल बालाजुका विभाग प्रमुख प्रो. रमेश प्रसाद सिंह, हाडजोर्नी विशेषज्ञ डा. संजित कुमार झा, हाडजोर्नी विशेषज्ञ डा. उमेश ठाकुर, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. पुजा मण्डल झा, बालरोग विशेषज्ञ डा. ईन्द्रभुषण सिंह लगायतका चिकित्सकहरुले स्वास्थ्य शिविरमा निःशुल्क चेकजाँच गरेका थिए ।



