
पवन प्रसाद साह
बिरगंज, कार्तिक ८ गते ।
बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नं ३ स्थित ठूलो नौतनमा विष्णु महायज्ञको आयोजना हुने भएको छ । कार्तिक २६ देखि मंसिर ५ गते सम्म मङ्लेस्वर नाथ मन्दिरको फिल्डमा श्री विष्णु महायज्ञ चल्ने जनाइएको छ ।
बीस बर्षको अन्तराल पछि यस गाउम हुन गइरहेको श्री बिष्णु महायज्ञको पुजा स्थलमा शनिबार विधि पूर्वक पूजापाठ गरि ध्वजा राेहन एवम् भूमि पुजन सम्पन्न गरिएकाे पर्सौनी वडा नं ३ का वडा अध्यक्ष छोटेलाल साह कानुले बताए । विष्णु महायज्ञ मूल समितिकाे आयाेजनामा ध्वजा राेहन एवम् भूमि पुजन गरिएको उनले जानकारी दिए ।

महायज्ञको लागि बारा, पर्सा लगायत भारतको विभिन्न ठाउहरुबाट साधुसंतलाई आमन्त्रित गरिएको छ । यज्ञकर्ताको रुपमा बारा बहुवरी का महन्त श्री राजेन्द्र दास बैरागी रहेका छन भने भारतको बनारस बाट आचार्य पन्डित श्री मुकुन्द स्वामी शास्त्रीको आगमन हुने बताइएको छ ।
नेपाल संगै समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै विष्णु महायज्ञको आयोजना गर्न लागिएको श्री बिष्णु महायज्ञ मुल समितिका अध्यक्ष विश्वनाथ साह कानुले जानकारी गराएका छन । विष्णु महायज्ञले समाजमा भएको बिकृति लाइ नष्ट गर्ने र भगवान् नामक हरेक व्यक्तिको मनमा बस्ने र स्वच्छ वातावरणको सृजना हुने विश्वास रहेको अध्यक्ष कानुले बताए ।
महायज्ञको सुरुआतको दिन कार्तिक २६ गते जल यात्राको लागि बहुवरी हुदै नन्की नौतन हुँदै त्रिवेणि नदीबाट जल लिइ पर्सौनी हुँदै पुर्ण सोही स्थानमा फर्किने छ भने यज्ञको सुरुवात कार्तिक २७ गते बाट सुरु भइ मंसिर ५ गते समापन हुने छ ।
