
पवन प्रसाद साह
बिरगंज, कार्तिक ९ गते ।
पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड न २ औराहाँ पंचगावा खेल मैदानमा सखुवा प्रसौनी युवा समाज द्वारा आयोजित सखुवा प्रसौनी गाउँपालीकाको सहयोगमा तेस्रोपटक क्रीकेट टुर्नामेन्ट बिन्दवासिनि र छिपहरमाइ बिच भएको क्रिकेट टुनामेन्टमा बिन्दवासिनीले छिपहरमाइ लाई पराजित गर्दै बिन्दवासिनी फाइनलमा प्रवेश गरेको छ।

आज को दोस्रो सेमिफाइनल खेलमा बिन्दवासिनि र छिपहरमाइ बिच खेल भएको थियो। जसमा टस जितेर बिन्दवासिनी बैटिग्ङ रोजेको थियो २० ओभर खेलेर १० विकेट को छतिमा १५६ रन बनाएको थियो भने छिपहरमाइ १५७ रनको लक्ष्य पछ्याउने क्रम मा २० ओभरमा ७ विकेट को छतिमा ८३ रन मात्र बनायो जसमा ७३ रनले बिन्दवासिनि विजय हासिल गरेको थियो। खेलमा बिन्दवासिनि का रामसनेही ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए र ३५ बलमा ३३ रन बनाएर मेन अफ द मैच हात पार्न भएका छन।
मेन अफ द मैच पुरस्कार एमालेका युवा नेता चन्दन सहनीवितरण गरेका थिए भने भोली फाइनल मैच
पोखरिया नगरपालिका र बिंदावासिनी गाउपालिका बिच हुने आयोजक संस्थाले जनकारी दिए ।