
चन्दन कुमार महताे
राैतहट, कार्तिक १० गते ।
हिन्दु हरुको महान पर्व वडा दशैँ, शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सुरु भएको मेयर कप प्रीमियर लिग सिजन-३ आज भव्य रुपमा सम्पन्न भएका छन् ।
गरुडा नगरपालिकाको प्रत्येक वडाबाट एउटा-एउटा टिम र आयोजक टिम गरी कुल १० वटा टिमको प्रतियोगिता रहेको खेलमा वडा नं. २ को टोलीले आज विजयी भएको छ भन्ने दोस्रो हुने वडा नं. ८ को टिमलाई गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमणी प्रसाद जयसवाल प्रथम र दोस्रो टिमलाई धेरै-धेरै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मेयर कप सिजन- ३ को क्रिकेट खेलमा नगर प्रमुख जयसवाल बोल्दै खेललाई खेलाडीले निरन्तरता दिएमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आफ्नो र देशको पहिचान दिलाउन सक्छ । खेल अनुशासन, मित्रता र एकताको भावना समेट्ने माध्यम भएकोले खेल समाज सुधारको एउटा माध्यम बन्न सक्ने छ ।
यसका लागि खेलाडीहरुले पनि आफूले कसको लागि र के का लागि खेल्ने हो भन्ने सदैव हेक्का राखी अगाडि बढे जिवनमा अझ बढी सफलता हात पार्न सकिन्छ यसमा गरुडा नगरपालिकाको निरन्तर सहयोग रहने छ भन्ने मेरो प्रतिबध्दता हो ।
साथै म्यान अफ द सिरिज हुनु भएका धर्मेन्द्र साह, स्ट बलर नवराज सहनी, बेस्ट ब्याट्सम्यान अरबिन्द चौधरी, बेस्ट फिल्डर राम किसुन मुखिया लगायतलाई उज्ज्वल भविष्यको कामना गर्दै गरुडा नगरपालिकाको सहयोग तथा युथ क्लव अफ रौतहटको आयोजनामा भएको खेलमा सम्पन्न गराउनु भुमिका खेल्नु हुने सम्पुर्णमा नगर प्रमुख कन्थमणी प्रसाद जयसवाल धन्यवाद समेत व्यक्त गरेका छन् ।
