जनकपुरधाम,कार्तिक १२ गते ।
जनता समाजवादी पार्टी, नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले पत्रकारिता शब्द होइन, मंत्र हो, गणतन्त्रको संस्थागत, संघीयताको संरक्षण र समृद्ध जीवनको लागि रहेकोे कुरा बताउनु भयो ।
ग्रेटर मधेश मिडिया प्रालिद्वारा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित ३ दिने आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले सो कुरा बताउंनु भयो ।
उहाँले स्वतन्त्र प्रेस र मानव अधिकार संरक्षणका लागि पत्रकारले स्वतन्त्र, निष्पक्ष र निर्भीक भएर कलम चलाउनुपर्ने कुरामा जोड दिएका छन ।
ग्रेटर मधेश मिडिया प्रा.लि. का संस्थापक पत्रकार मुकेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हंसपुर नगरपालिका का पुर्व नगर प्रमुख राम ज्ञान मंडल, प्रशिक्षक वरिस्ठ पत्रकार प्रेमचन्द्र झा, प्रशिक्षक पत्रकार सुरेश यादव सहितका वक्ताहरूले पत्रकारिता को महत्त्व र आवश्यकता माथि प्रकाश पारेका छन ।