
जनकपुरधाम, कार्तिक १८ गते ।
मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले समृद्धिको आधार स्तम्भ शिक्षाको सुधारका लागि राज्य गम्भीरतापूर्वक लाग्नुपर्ने कुरा बताउंनु भयो । श्री चन्द्रोदय पुस्तकालय बफैको २५ ओै साधारणसभाको समुदघाट्न गर्ने क्रममा प्रमुख अतिथि प्रा. डा. झाले पुस्तकालयकाे प्रकाशले बफै गाउँको शैक्षिक अवस्थामा पक्कै सुधार भएको कुरामा जोड दिनुभयो ।

कार्यक्रम का विशिष्ट अतिथि प्रदेश सांसद रामअशिष यादवले समृद्धिको प्रवेशद्वार शिक्षाको विकासका लागि सबैको सहयोग आवश्यक रहेको कुरा बताउनुभयो ।
श्री चन्द्रोदय पुस्तकालय बफैका अध्यक्ष ठक्कु प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरस्वती मावि बफैका प्राधानाध्यापक राजकुमार साह, पुर्व वडा अध्यक्ष राजकिसोर मंडल, समाजसेवी डा आर एन मंडल, नेपाल विधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह, पुस्तकालयका सचिव ई. सुर्यनारायण मंडल सहित वक्ताहरूले पुस्तकालय को महत्त्व माथि प्रकाश पारेका छन ।

सो कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. झाले पुस्तकालयका लागि महत्त्वपूर्ण पुस्तक सहयोग गरेका छन । कार्यक्रममा सहभागीलाई पर्यावरण संरक्षण को सन्देश दिदै एक एक वटा अमला को विरुवा वितरण गरिएको कुरा कार्यक्रम संचालक ई सुर्यनारायण मंडलले जानकारी दिएका छन ।
विदेह नगरपालिका वार्ड नं ८ बफै गाउँमा स्थापित चन्द्रोदय पुस्तकालय भवनको निर्माण प्रदेश सांसद रामअशिष यादवको सहयोगमा सम्पन्न भएको थियो ।



