https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, कार्तिक २० गते ।
सर्लाहीमा कार सहित पाेखरीमा डुबेका दुइजनाकाे शव निकालिएकाे छ ।

सशस्त्र प्रहरी बल नं.२ छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्त बहादुर खड्का नेतृत्वको तीनजना गोताखोर सहितकाे टाेलीले पाेखरीमा डुबेकाे कार भित्रबाट दुइजनाकाे शव निकालेकाे सशस्त्र प्रहरी बल नम्बर १० गण कबिलासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनाेदराज खनालले जानकारी दिए ।

कार चालक महाेत्तरी गौशला नपा-१० निवासी ३८ वर्षीय सुरेश महतो र महोत्तरी सोनमा गापा-८ निवासी ३७ वर्षीय रामाकान्त ठाकुरकाे शव पाेखरीमा डुबेकाे कार भित्रबाट मंगलबार बिहान साँढे ८ बजे निकालिएकाे हाे । डुबेकाे कारपनि पाैने १० बजे बिहान निकालिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । मृतक सुरेश महताे महाेत्तरीकाे गाैशालामा संचालित रेडियो गाैशालाका पुर्व संचालक सदस्य हुन ।

मंगलबार बिहान ४ बजे लु. २ च ६७५८ नम्बरको तीनजना सबार कार ईश्वरपुर नगरपालिका-२ मियाँखोर स्थित सरस्वती उमाविको पोखरीमा खसेकाे थियाे । तीनजना मध्ये महोत्तरीको गौशला नपा-२ निवासी ३१ वर्षीय जनक यादब भने सकुशल निस्कन सफल भएका थिए । उनले गरेकाे खबर अनुसार तत्काल सशस्त्र प्रहरी बल सुरक्षा बेश सागरनाथ तथा ईलाका प्रहरी कार्यालय केशरगंज र भक्तिपुरबाट सुरक्षाकर्मीहरुकाे टाेली घटनास्थलमा खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार