राजेश सिंह
गाैशाला, कार्तिक २० गते ।
महाेत्तरीकाे रताैली युवा क्लबद्वारा लक्ष्मिनिया स्वास्थ्य चाैकी कान्तिबजारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
वन/हटकाे आर्थिक सहयोगमा रताैली युवा क्लबकाे प्राविधिक सहयोग र गाैशाला नगरपालिकाकाे सहकार्यमा संचालित स्थानीय तहकाे साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम (SBMP) संचालन गर्न लक्ष्मिनिया स्वास्थ्य चाैकीमा (Hub Site) निर्माणकाे लागि आवश्यक समाग्री सहयोग गरेकाे प्राेजेक्ट संयोजक राजकुमार महताेले जानकारी गराए । स्वास्थ्य सामाग्रीहरु करिब १ लाख ८२ हजार ७ सय ४२ रुपैयाँ बराबरको रहेको संयोजक महताेले जनाए ।
जसमा सामाग्रीहरु डेलिभरी सेट, इपि सेट, नियुवन रिसक्सिटेसन सेट, केएमसि सेट, प्रि इक्यामसिया सेट, म्यानेजमेन्ट सेट, पिपिएच म्यानेजमेन्ट सेट, एमभिए सेट, डलिभरी बेड, डेलभरी सेट, अक्सिजन सिलिन्डर सेट, अटाे क्लेभ मेशिन, हस्पिटल बेड, फुट स्टेप आयुसिडि सेट लगायतका सामाग्रीहरु गाैशाला नगरपालिका १२ कान्ति बजार स्थित लक्ष्मिनिया स्वास्थ्य चाैकी अन्तर्गत संचालनमा रहेको बर्थिङ सेन्टर (प्रसुति गृह) काे लागि हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा नगरपालिका नगर प्रमुख डा. दिपेन्द्र महताे, वडा नम्बर १२ काे अध्यक्ष : कुशेश्वर सिंह, वडा सचिव मनाेज चाैधरी, स्वास्थ्य चाैकी प्रमुख रमेश महताे, प्राेजेक्ट काेडिनेटर : राज कुमार महताे, वडा सदस्यहरु लगायत स्वास्थ्यकर्मीहरुकाे उपस्थिति रहेको थिए ।