गाैशाला, कार्तिक २० गते ।
महाेत्तरीकाे रामगोपालपुर न.पा. ५ स्थित कञ्चनपुरमा संतोष ठाकुरको संयोजक २५ सदस्य वडा कमिटी गठन भएको छ ।
मंगलबार जनता समाजवादी नेपालका आधारभूत संगठन निर्माण अभियान अन्तर्गत रामगोपालपुर नगरपालिका वडा नम्बर ५ स्थित कञ्चनपुरमा संयोजक २५ सदस्य वडा कमिटी गठन भएको हाे ।
साथै जसपा नेपालकाे आधारभूत संगठन निर्माण अभियान सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम भव्यताका संग सम्पन्न भएको थियोे ।
राम एकवाल मडंर (खत्त्वे) काे अध्यक्षतामा, मा. पुर्व मन्त्री तथा प्रदेश सांसद सराेज सिंह कुशवाहाकाे प्रमुख अतिथिमा, कार्यकारिणी सदस्य रबिन्द्र सिंह, पुनम यादव, जिल्ला सदस्य उर्मिला यादव, नगर संयोजक सुरेश यादव, नगर कमिटी सदस्यहरु लगायत कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।