गाैशाला, कार्तिक २० गते ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिका वडा नम्बर २ स्थित माेहनपुरमा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ ।
मंगलबार रामगोपालपुर नगरपालिका वडा नम्बर २ स्थित मोहनपुरमा जसपा नेपालकाे नगर कमिटीले आयोजना गरेको शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपा नेपालमा प्रवेश गरेको नगर सह-संयोजक विजय यादवले जनाए ।
साे कार्यक्रममा वडा स्तरीय बैठकबाट नव प्रवेशी नजामुदिन खानलाई उप-निर्वाचनमा वडा अध्यक्षकाे उमेदवारकाे लागि चयन गरिएको छ । सबै जातजातिको अधिकारकाे लागि मुस्लिम समुदायबाट उमेदवार चयन गरिएको आयाेजकले बताए ।
कार्यक्रम बिज किशोर यादवकाे अध्यक्षतामा, केन्द्रिय का.स.पुर्व स्वस्थ्य तथा जन्संख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवकाे प्रमुख अतिथिमा तथा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा, प्रदेश अनुशासन समिति सदस्य राजिव यादव, जिल्ला कार्यकारिणी सदस्य रबिन्द्र सिंह, सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव, उपाध्यक्ष अनिता यादव, रामगोपालपुर नगर कमिटी उपाध्यक्ष विजय कु. यादव लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।