
राहुल गुप्ता
बिरगंज, कार्तिक २५ गते ।
छठ पूजामा आर्थिक श्रोत जुटाउनका लागि घडीअर्वा छठ पुजा व्यवस्थापन समिति घडिअर्वाले संचालन गरेको सहयोग चिठाको लक्की ड्रको नतीजा आज सार्वजनिक गरिएको छ ।
वीरगन्ज स्थित छठ पुजा व्यवस्थापन समिति घडिअर्वा पोखरा द्वारा आयोजना गरिएको चिठाबाट पुरस्कार हासिल गर्ने व्यक्तिहरु लाई बिरगन्ज महानगरपकलिका वडा नं १० का वडा अध्यक्ष सुसिल साह कानुले पुरस्कार वितरण गर्दै भने यस्तै छठ पुजा व्यवस्थापन समितिलाई सधै चिट्ठा कटाई सहयोग गर्दै जानु हामी पनि तपाईहरुको सहयोग गर्दै गर्छु ।
प्रकाशीत लक्की ड्रको नतीजा अनुसार ६६४२ नम्बरले प्रथम पुरस्कार ईलेक्ट्रीक स्कुटि प्राप्त गर्न सफल भएको छ । त्यस्तै ११९८ नम्बरले दोश्रो पुरस्कार एल.सि.डी टेलिभिजन र २४२६ नम्बरले तेश्रो पुरस्कार फ्रीज प्राप्त गरेको छ । आज घडीअर्वा पोखरी परिसरमा आयोजित छठ पुजाको समापन समारोहमा लक्की ड्रको नतीजा सार्वजनिक गरिएको छ ।
घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार साह कानु, उपाध्यक्ष राकेश कुमार साह, सल्लाहकार मदन गुप्ता, समितिका निवर्तमान अध्यक्ष रामनगिना साह कानू, सचिव लखनलाल गुप्ता, कोषाध्यक्ष कन्हैयालाल गुप्ता, सदस्य नन्दु साह कानु, छठ पुजाका सुरक्षा समितिका संयोजक मनोहर साह, प्रचार प्रसार समितिका संयोजक क्रान्ति साह, उप-संयोजक प्रणाय साह, सदस्य राहुल गुप्ता, सरसफाइ समितिका संयोजक सम्भु साह कानु, घडिअर्वा स्पोटर्स क्लबका अध्यक्ष सन्तोष साह लगायतको उपस्थिती रहेको थियो ।