
राजेश सिंह
गाैशाला, कार्तिक २५ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १४ स्थित हरकठवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रम गरि ईश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक सधारणसभा सम्पन्न हाे ।
कार्यक्रमका प्रमुख अतिथि मा. प्रदेश सांसद याेपेन्द्र महताेले संस्थाकाे दाेस्राे तल्लाकाे भवन निर्माण गर्नकाे लागि २५ लाख बजेट विनियाेजन गर्नेछु । साथै खानेपानी, कृषि, शिक्षा, भाैतिक पुर्वाधार लगायत सबै क्षेत्रमा विकास निर्माणका काम गरिरहेको छु र आउने दिनमा पनि गर्नेछु । अर्को कुराे प्रदेश सरकारले हरेक क्षेत्रमा एउटा नमुना विधालय बनाउने कार्यक्रम ल्याउँदै छ । जसमा यसै वडामा रहेका जनता माध्यमिक विधालयलाई बनाउने योजना रहेको उहाँले बताउँनुभयाे । नमुना विधालय बनाउन आवश्यक सबै थाेक प्रदेश सरकारले नै गर्ने सांसद महताेले जानकारी दिए । जसमा भाैतिक पुर्वाधार, शैक्षिक सामाग्री, शिक्षक व्यवस्थापन लगायतका सबै काम प्रदेश सरकारले नै गरने याेजना भएको सांसद महताेले बताए ।

वडा नम्बर १४ का वडा अध्यक्ष सित कुमार महताेले नेपालमा जतिपनि सहकारीहरु छन् सबै सहकारी हामीहरुकै उथानकाे लागि हाे । त्यहीँ भएर हामीले फजुल खर्च कम गराैँ र बचत गर्ने बानी बसाल्न सबैलाई आग्रह गरेका थिए । साथै संस्थाका अधुरो रहेका कम्पाउण्ड वालकाे लागि वडाबाट ५ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष महताेले जनाए ।
नेपालमा व्याप्त गरिबि न्युनिकरण गर्न प्रयास स्वरुप नेपाल सरकारले कृषि विकास बैंक लि. मार्फत २०३२ सालमा परिक्षण शुरु गराई त्यस पश्चात २०६१ सालमा तत्कालिन साना किसान विकास आयोजना भक्तिपुरबाट समुदायमा हस्तान्तरण हुने गरी कार्यक्रम सञ्चालन गरी २०६३/११/२७ गते सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय चितवन भरतपुरमा विधिवत दर्ता भई २०६३/१२/२३ गते विधिवत साना किसान कृषि सहकारी संस्था लि. गौरीशंकर- ४, सर्लाहीको व्यवस्थापन हस्तान्तरण भई यस गा.वि.स.मा बसोवास गर्दै आएका विभिन्न समुदायहरुको आयस्तर वृद्धी कार्यक्रम संचालन गरी आजको दिन सम्म आउँदा यस ईश्वरपुर नगरपालिकामा रहेको यस संस्थाको कार्यक्षेत्र वडा नं. १३, १४ र १५ मा गरिबी न्युनिकरण कार्यक्रम गर्न संचालित कार्यक्रमहरुमध्ये सबै भन्दा दिगो तथा लोकप्रिय कार्यक्रमको रुपमा रहेको संस्थाका अध्यक्ष : अशोक कुमार सिंहले बताए ।
गरिबहरुलाई मात्र लक्षित गरी शुरु गरिएको यस कार्यक्रमले समाजमा रहेका गरिब अति गरिब पछाडी परेका वर्ग र महिलाहरुलाई समुहमा आवद्ध गराउदै समुहकै माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक तथा सामुदायिक उन्नती तथा विकासका लागी कार्यक्रम संचालन गरी सदस्यहरुको जीवन स्तरमा सुधार ल्याई संस्थागत विकासको माध्यमबाट साना किसानले साना किसानको लागी साना किसानहरुद्वारा नै सेवा दिन सक्ने सक्षम दिगो, भरपर्दो र विश्वासिलो ग्रामिण संस्थाहरुको स्थापना गर्दै जाने यस कार्यक्रमको मुल उदेश्य रहेको छ साना किसान विकास कार्यक्रमको मर्मलाई बुझि यस कार्यक्रमको माझ हाम्रा अन्य छिमेकी यस ईश्वरपुर नगरपालिकाको अन्य वडाहरुमा पनि साना किसानको विकास हामी साना किसान द्वारा नै गर्दैजाने, सिक्दै जाने, गर्दै जाने नाम बाट परिचित कार्यक्रमलाई संस्थागत प्रकृयाहरु विकास कार्यक्रमको रुपमा परिचित हुनथालेका अध्यक्ष सिंहले जनाए ।
उनका अनुसार संस्थामा अहिले ६ सय ४४ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी ९९ लाख र ऋण लगानी ७ करोड ७९ लाख २ लाख गरि, यस आ.व.२०८१ असार मसान्तसम्म नाफा १ लाख ७८ हजार रहेको संस्थाका प्रबन्धक जगदीश महताे काेईरीले जनाए ।
एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई सम्मान
संस्थाका शेयर सदस्यहरु मध्ये एसईईकाे परिक्षामा सबभन्दा उत्कृष्ट अंक ल्याएका एक जना छात्रा र एक जना छात्रलाई तिनताेलाकाे चांदीकाे सिका दिई सम्मान गरेका छन् । जसमा ईश्वरपुर नगरपालिका १३ बस्ने समुह नं. ७४।२७ को सत्यनारायण महतोको छोरा अभिसेक कुशवाहा जिपिए ३.१० र ईश्वरपुर नगरपालिका १३ बस्ने समुह नं. ७४/२७ को सत्यनारायण महतो कै छोरी सुधा कुमारी कुशवाहा जिपिए ३.१५ लाई एक/एक चाँदीकाे सिका प्रदान गरि सम्मान गरेकाे संस्थाका प्रबन्धक जगदिश महताे काेईरीले जनाए ।

संस्थाका शेयर सदस्यहरु मध्ये १६ जना जेष्ठ सदस्यहरुलाई चादर ओढाई सम्मान समेत गरेका थिए । त्यसैगरी संस्थामा सबै भन्दा बढी बचत जम्मा गर्ने ईश्वरपुर नगरपालिका १४ बस्ने समूह नम्बर ६८/२३ काे राम हृदय महताेलाई समेत चादर ओढाई सम्मान समेत गरेका थिए । साधारणसभामा सहभागी भएका सबै शेयर सदस्यहरुलाई आरी (कठाैता) १/१ पिस वितरण गरेको थियोे ।
कार्यक्रममा संस्थाका अध्यक्ष: अशोक कुमार सिंहकाे अध्यक्षता, प्रदेश सभा सदस्य : याेपेन्द्र महताेकाे प्रमुख अतिथि, विशिष्ट अतिथि : ईश्वरपुर नगरपालिका उप-प्रमुख रंजिता चाैधरी, वडा नम्बर १४ का वडा अध्यक्ष : सित कुमार महताे, जिल्लाका विभिन्न सहकारी संस्था प्रतिनिधिहरु, सहकारीका कार्य समितिका सम्पूर्ण सदस्य, विभिन्न सहकारी तथा संघसंस्थाका प्रतिनिधिहरु, शेयरधनी लगायत सर्वसाधारणहरु उपस्थिति रहेको थियोे ।


























