पवनप्रसाद साह
बिरगंज, कार्तिक २६ गते ।
सनातन धर्म संस्कृति र गौरवशाली सभयताको रक्षा गर्दै सबल र समृद्ध नेपाल निर्माण गरौ नारा सहित तराई मधेस राष्ट्रिय सम्मेलन पर्सा जिल्लाको वीरगंञ्जमा सुरु भएको छ।उक्त सम्मेलन दुई दिन २६ र २७ गते मङ्गलबार सम्म चलने जनाएको छ ।
तराई मधेस राष्ट्रिय सम्मेलनमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलबसतु, बाँके, बर्दिया, कनचनपुर, कैलालीका जिल्ला अध्यक्षहरुले आ–आफ्नो जिल्लाको प्रतिवेदन पेश गरका थिए । प्रतिवेदनमा २१ वटै जिल्लाका जिल्ला अध्यक्षहरुको पार्टीका केन्द्रिय अध्यक्षसमक्ष आन्दोलनमा गएर पनि हिन्दू राष्ट्र र राजसंस्था स्थापनाको लागि अगाडि बढ्न आग्रह गरेका थिए ।
२१ वटै जिल्लाको जिल्ला अध्यक्षहरुको कुरा सुन्दै राप्रपा नेपालको महामन्त्री प्रशिक्षण कार्यक्रममा राजाराम बर्तौलाले भने ७५३ पालिकाको २०८१ फाल्गुण महिनासम्म गठन गर्नुपर्ने तथा २०८१ साल फाल्गुण महिनासम्ममा जिल्ला अधिवेशन गर्नुपर्ने, जनवर्गिय संगठनको जिल्ला कार्य समितिमा मात्र सीमित नराखी सबै पालिकासम्म गर्नुपर्ने तथा जनवर्गिय संगठनको अन्तरक्रिया कार्यक्रम समय समयमा गर्नुपर्ने र पार्टीको विधि विधानमा रही पार्टी संगठन विस्तारमा लाग्न आग्रह गरेका थिए ।
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले प्रशिक्षण कार्यक्रममा राजसंस्था र हिन्दू राष्ट्रको नारा बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवर्द्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको उनले बताए ।
त्यस्तै राप्रपाल नेपाल केन्द्रिय उपाध्यक्ष राजीव पराजुलीले भने प्रत्येक नेपाली नागरिकले सहजरूपम नागरिकता प्रमाणपत्र पाउनु पर्छ र कुनै पनि बिदेशीले नागरिकता पाउनु हुन्न भन्ने राप्रपा नेपालको स्पष्ट मान्यता छ । चेतनाको कमि,राजनीतिक पुर्वाग्रह र प्रशासनीक जटिलताको कारण कतिपय नेपालीले नागरिकता पाउन सकेका छैनन्। राप्रपा नेपाल प्रत्येक नेपालीलाई सहजढंगबाट नागरिकता दिलाउन निरन्तर प्रयत्नशील रहने छ ।
हुलाकी सडक निर्माणलाई तिव्रताः निर्माण शुरुभएको धेरै वर्ष वितिसक्दा पनि सम्पन्न हुन नसकेको तराई मधेसको मेरुदण्डको रुपमा रहेको ‘हुलाकी राजमार्ग’लाई यथासंभव सम्पन्न गर्न राप्रपा नेपालले दवावमुलक कार्यक्रमहरु संचालन गर्नेछ ।
पुर्व पश्चीम रेलमार्गः तराई मधेसको आर्थिक अवस्थालाई मात्र होईन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्न सक्ने पुर्व पश्चीम रेलमार्गको तत्काल संभाव्यता अध्ययन गरी दश वर्ष भित्र सम्पन्न गर्न गराउन राप्रपा नेपालले दवाव दिने केन्द्रिय उपाध्यक्ष पराजुलीले बताए ।
संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए । केन्द्र र स्थानीय गरी दुई तहको राज्यसंरचना हुनुपर्ने, जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष र राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन नियमन कार्यन्वयनको लागि सहमति र सहकार्य वा सर्वपक्षीय सम्मेलन गर्ने र त्यसबाट भएन भने आन्दोलन गर्ने तथा आन्दोलन गर्न राष्ट्रिय मोर्चा बनाएर आन्दोलन गर्दा आफ्नो माग पुरा हुने प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले बताए ।