https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, कार्तिक २७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तराई मधेस राष्ट्रिय सम्मेलन पर्सामा चलिरहदा आज दोस्रो तथा अन्तिम दिन राप्रपा नेपालका अध्यक्ष कमल थापा पर्सा जिल्लाका पत्रकारहरु संग भेटघाट गरेका छन । 

पत्रकार भेटघाट क्रममा उनले तराइ मधेस देशको मेरुदण्डको रुपमा रहेको छ । यस क्षेत्रमा नेपालको कुल जनसंख्याको ५०% भन्दा बढी जनताको बसोबास रहेको तथा भौगोलिक सुगन्ता र यातायातको सुबिधा भएता पनि आर्थिक, समाजिक राजनीतिक दृस्ठिकोण बाट सधै भरी पिछडिएको अवस्थामा रहेको बताए ।

त्यस्तै उनले यस क्षेत्रमा विभिन्न प्रकारका शोषण र विभेद अत्यधिक रहेको लामो समय देखि राज्यका विभिन्न अंगमा निजामती ,सेना,प्रहरी तथा निजि क्षेत्रमा समेत तराइ मधेसका जनताको प्रतिनिधित्व अत्यन्तै कम रहेको बताए । राज्यले समेत बिकास निर्माणको क्रममा जनसंख्याको अनुपातमा अत्यन्तै न्यून बजेट विनियोजन गर्ने गरेको उनले जिकिर गरे । 

अहिले तराई मधेशमा ९५% सनातनी हिन्दुहरु बसोबास गरिरहेकोमा योजनावद्व तरिकाले धर्म परिवर्तन गराउने सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजनाबद्ध प्रयासहरु भइरहेको छ । यस्ता गति बिधि लाई रोक्न तराई मधेसका जनताको जीवन स्तर उकास्न, राज्यका हरेक अंगमा समावेशी प्रतिनिधित्व गराउनका निम्ति राप्रपा नेपाल प्रतिबद्ध रहेको उनले बताए ।

अगामी दिनमा राप्रपा नेपाल ले  सुनसरीको धार्मिक स्थल चकोघाम बाट तराइ मधेसको विभिन्न भित्री जिल्लाको हुलाकी सडक हुँदै जनजागरण अभियान संचालन गरिने उनले बताए । यश अभियान मार्फत राप्रपा नेपालको धारणा प्रत्येक पालिकामा पुर्याउने अभियान समेत हुने उनले बताए । त्यस्तै निकट भबिस्यमा समेत मेची देखि महाकाली सम्म झापा देखि कंचनपुर सम्म तराइ मधेसका जिल्लाहरु समेत्ने गरि यात्रा र अभियानका कार्यक्रम संचालन गर्ने निर्णयहरु समेत भएको उनले सुनाए । 

पत्रकारहरुको प्रश्नमा उनले नेपालमा पहिलो दल र दोस्रो दल मिलेर सरकार बनाउनु विश्वमा समेत कहि नभएको राजनीति नेपालमा मात्र भएको बताए । यस बाट देशमा विकास कार्य नभइ देशमा निरंकुशता बढेको बताए ।

आज भएको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष राजीव पराजुली, पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झा लगायत राप्रपा नेपालका कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार