https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनवीर महतो
बर्दिवास, कार्तिक ३० गते ।
मुलुक निर्माणपक्षमा क्रसर व्यवसायीको अहम भुमिका रहेको पूर्वमन्त्री एवम् संघिय साँसद अब्दुल खानले बताएका छन् । शुक्रबार महोत्तरीको बर्दिवासमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको तेस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री खानले देशलाई सुखी र समृद्ध बनाउनको निम्ति यसको भुमिका अपरिहार्य रहेको धारणा राखेका छन् ।

मन्त्री खानले सरकारको दीर्घकालिन लगायतका भौतिक योजना निर्माण गर्ने क्रममा क्रसर व्यवसायीले निर्माण सामग्री उपलब्ध गराई सहारनीय भुमिका निर्वाह गर्दै आएको धारणा राखेका छन् ।
क्रसर उद्योगलाई वैधानिक प्रदान गर्नका लागि सरकारी नितीको आवश्यक रहेको खानले बताए । उनले भने, ठोस ऐन नभएको कारण क्रसर व्यवसाय वदनाम भएको छ । देशको मुख्य राजश्वको स्रोत समेत आउने क्रसर उद्योगलाई नियमन गर्नका लागि सरकार चुकेको छ । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले तयार पारिएको विधेयक लामो समयदेखि विचाराधीन अवस्थामा छ । जसले गर्दा सरकार र व्यवसायी दुबैलाई घाटा भईरहेको छ ।

प्रतिनिधीसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका पूर्वमन्त्री खानले हिउँदे अधिवेशनमा यस विधेयक उपर छलफल भई निश्चित रुपमा लागु हुने सम्भावना रहेको जनाएका छन् ।

ऐनको अधिनमा रहि उद्योग स्थापना गरिएतापनि आवश्यक सरकारी संयन्त्रको निती नियमको अभावमा उद्योग संचालन भएपनि स्वभाविक रुपमा जनगुनासो बढदै आएको पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले बताए । क्रसर व्यवसायी मापदण्डमा रहि पेशालाई मर्यादित बनाउने पक्षमा रहेकोले सरकारले निर्माण गरिएको कानुनको पूणर्तः रुपमा पालना गरिदिनका लागि पूर्वमन्त्री श्रेष्ठले सवैमा अपिल गरेका छन् ।

कार्यक्रमकाबीच प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य शारदादेवी थापाले जनगुनासो आउने गरि काम नगरिदिनका लागि व्यवसायीहरुलाई आग्रह गरेकी छिन् । क्रसर वयवसायीले उद्योग संचालनको क्रममा वैधानिक तवरले काम गरिनुपर्नेमा धारणा राखेका छन् ।

केन्द्रिय अध्यक्ष सीताराम न्यौपानेको अध्यक्षतामा आयोजित सो अधिवेशनमा ७७ वटै जिल्लाका क्रसर व्यवसायी प्रतिनिधीको सहभागी रहेको छ । यस अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट