https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विराटनगर, मंसिर १ गते ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–२, सुनझोडा पुलमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा शनिबार दिउँसो २ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग भएर पश्चिमतर्फ जाँदै गरेको मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्व जाँदै गरेको को२०प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो करिब साढे २ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का निश्चल आङदम्बे (१८) र पछाडि सवार पथरीशनिश्चरे–२ का प्रितम गौतम (४८) को मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहन विक्रम दाहालले जानकारी दिए । प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का सुरेश राई (३५) लाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ ।

प्रहरीका अनुसार टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गर्दै आईरहेकाे छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार