https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, मंसिर ३ गते ।
आज बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी भएको छ । चार समूह मध्य समूह डी बाट ओम्नी र सुप्रिमबीच आज आदर्शनगर रंगशालामा भएको खेलमा ओम्नी ग्रुप २ रनले विजयी भएको हो ।

सुप्रिमले दिएको ५७ रनको लक्ष्य ओम्नीले चार बल बाँकी रहदै जित्यो। लायन्स क्लब अफ बिरगंज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा शनिबार उदघाटन भएको प्रतियोगितामा समूह ए बाट सिद्धार्थ बैंक र बि बाट हिमालयन बैंक लिमिटेड सेमिफाईनलमा पुगेको थियो भने भोलीको खेल समूह डी को अग्नी ग्रुप र ओम्नी ग्रुप बीच हुने लायन्स क्लब अफ बिरगंज परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, बिमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको बिरगंज स्पोर्ट क्लबका सचिवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट