
जनकपुरधाम, मंसिर ३ गते ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले यु-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ ।

सोमबार साझ जनकपुरमा भएको जर्सी अनावरण कार्यक्रम मार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा चिनाइएको हो । सोही क्रममा उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् । साथै उनले एनपीएलको पहिलो संसकरणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्सलाई सफलताको कामना समेत उनले गरिन् । पुजाकै कप्तानीमा गत साता नेपाली यू-१९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो ।
